१८ असार २०८३, बिहिबार

सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएर खाल्डो बन्यो, उडान अवरूद्व

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ८ जेठ । सुर्खेतस्थित विमानस्थलको धावनमार्गमा पानी निस्किनुका साथै धावनमार्गमा खाल्डो परेको छ । मंगलबार धावनमार्गमा खाल्डो परेपछि हवाई उडान पूर्णरूपमा बन्द गरिएको हो ।

पहिलो खाल्डो पर्ने बित्तिकै त्यसलाई मर्मत गरिएको थियो । फेरि त्यही खाल्डोको दश मिटर आसपास अर्को पनि खाल्डो परेको हो ।

अहिले धावनमार्गबाट पानी हटाउने र मर्मतको काम रूपमा भइरहेको छ। सुर्खेत विमानस्थलमा बुद्ध एयर र श्री एयरलायन्सले दैनिक सुर्खेत–काठमाडौं रुटमा चार उडान गर्दै आएका छन् ।