
काठमाडौं, ७ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशन २०८२ साल जेठ २५ गतेदेखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
महाधिवेशनलाई ऐतिहासिक र स्मरणीय बनाउने लक्ष्यसहित विद्यार्थीहरूको अधिकतम सहभागिता सुनिश्चित गर्न संगठनले देशव्यापी व्यापक जनपरिचालन अभियान सञ्चालन गर्ने अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।
आज काठमाडौ को आर आर क्याम्पसमा आयोजित विशेष कार्यक्रममा अनेरास्ववियु इन्चार्ज तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोर बिक्रम मल्ल प्रमुख अतिथि थिए भने कार्यक्रमको अध्यक्षता अनेरास्ववियु अध्यक्ष समिक बडालले गरे ।
संगठनको गौरवमय इतिहास, समृद्ध भविष्यको निर्माण र शैक्षिक तथा राष्ट्रिय मुद्दामा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्यले महाधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढाइएको अनेरास्ववियुले जनाएको छ।









प्रतिक्रिया