२१ जेष्ठ २०८३, बिहिबार

सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। उनलाई अख्तियारले आज नियन्त्रणमा लिएर टंगालस्थित कार्यालयमा राखेको छ।

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख रहेका भट्टराई हिजो मात्रै गृह मन्त्रालय तानिएका थिए । यसअघि अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा पनि मारेको थियो।

त्यसक्रममा केही डिभाइस तथा कागजात पनि नियन्त्रणमा लिइएको छ। भट्टराईविरू नेपालीलाई भिजिट भिसामा विभिन्न मुलुक पठाउने गिरोहसँग मिलेर रकम उठाएको उजुरी परेको छ ।