२१ कार्तिक २०८३, शनिबार

‘विपद्सम्बन्धी पूर्वजानकारी गराउने प्रविधिको विकास हुन आवश्यक छ’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । उर्जामन्त्री दीपक खड्काले अकस्मात् पानी परेर बाढी आउँदा सचेत गराउने प्रविधिको विकास हुनुपर्ने बताएका छन् ।

बुधबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम २०८२’ मा बोल्दै उनले ठूला हाइड्रोपावर, सिँचाइको आयोजना खोला केन्द्रित हुने भन्दै बाढीबाट सचेत हुन प्रविधिको विकास आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘ठूला ठूला हाइड्रोपावरको आयोजनाहरु, सिँचाइको आयोजनाहरु खोला केन्द्रित हुन्छन् । अकस्मात पानी परेर बाढी आउछ थाहा हुँदैन । दिनभरी घाम लागेको हुन्छ । त्यसको अनुमान भइदियो भने मान्छे सुरक्षित ठाउँमा जाने र बचाउने र सम्भव भएसम्म समयमा नै सचेत हुन पाइने प्रविधिको विकास मानिससम्म पुर्‍याउनु पर्ने आजको आवश्यकता छ । यस वर्ष कम्तिमा प्रत्यक वडाक वडा अध्यक्षसँग सुचना प्रविधि जोड्नेगरी काम गर्नुहोला ।’ उनले पहिलो उदारकर्ता वडास्तर नै भएकाले सुरक्षा निकायको पहिलो प्राथमिकता वडास्तर हुने बताए ।