१९ असार २०८३, शुक्रबार

गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा रहेको र त्यसको रक्षाको जिम्मेवारी माओवादी केन्द्रको भएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै मंगलबार प्रचण्डले एउटा नयाँ संघर्ष सुरु भएको भन्दै गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइराखेको बताएका हुन् ।

उनले भने, ‘फेरि एउटा नयाँ बहस, फेरि एउटा नयाँ संघर्ष सुरु भइसकेको छ हामीले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइराखेको छ । यसको रक्षा गर्ने जिम्मा यसको निर्माण गर्नेहरुको काधमा नै मुख्यरुपमा हुन्छ जसले संघीय लोकतान्त्रिक गणतन्त्र भनेर महिला, उत्पिडीत वर्गको पहिचान दियो, यसलाई जन्म दियो । त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादी केन्द्र कै हुन्छ । माओवादी केन्द्रले त्यो हिम्मत गरेन भने यो सम्पूर्ण व्यवस्था कोल्याप्स हुने खतरा हुन पनि सक्छ ।’ उनले संघीय लोकतान्त्रीक गणतन्त्र जनताको गणतन्त्र बन्ने हो कि दलालहरु, नोकरशाहहरु, गणतन्त्र हुने भन्ने वैचारिक लडाई सुरु भएको बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र महिला, दलित, आदिवासी, जनजाती, मजदुर किसान मधेशी, मुस्लिम, थारु सबैको हित संरक्षण गर्ने जनताको गणतन्त्र बन्ने हो कि यो दलालहरु, नोकरशाहहरु, विचौलियाहरु, जाली भटाहाहरुको गणतन्त्र हुने हो भन्ने लडाई अहिले देशमा वैचारिक रुपले गर्न सुरु गरिसकेको छ,’ उनले भने ।