३० जेष्ठ २०८३, शनिबार

अहिलेको सत्ता गठबन्धनले २०८४ को चुनावसम्म निरन्तरता पाउँछ : शंकर पोखरेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ७ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धन २०८४ सालको निर्वाचनसम्म निरन्तर रहने दाबी गरेका छन् ।

प्रेस चौतारी दाङ शाखाले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको बताए । सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठूला दलमाथि शासन गर्ने परिपाटीको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार संचालन गरेको पोखरेलको भनाई छ ।

‘दुई दलबीच असमझदारी हुँदासम्म सरकार ढल्दैन,’ महासचिव पोखरेलले भने, ‘असमझदारी नभए कसैले सरकार ढल्छ भन्नै पर्दैन् ।’ सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकार कुनै एकदलको नीतिमा नभई सामूहिक नीतिका आधारमा चलाइने बताए ।