
काठमाडौं, ६ जेठ । भावी गभर्नर बन्ने लगभग पक्कापक्की भएका डा. विश्व पौडेललाई अदालतले पनि बाटो खोलिदिएको छ ।
आज न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।
पौडेल गभर्नर बन्न अयोग्य रहेको भन्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, सर्वोच्च प्रशासनले गत शुक्रबार उक्त रिट दरपिठ गरिदिएको थियो ।
फेरि निवेदकले दरपिठको निर्णय बदरको माग गर्दै निवेदन दिएका थिए ।









प्रतिक्रिया