१० श्रावण २०८३, आइतबार

विश्व पौडेल गभर्नर बन्ने पक्कापक्की

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने लगभग पक्कापक्की जस्तै भएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा पौडेललाई गभर्नर बनाउने सहमति भएको बताइएको हो । पौडेल काँग्रेसको कोटाबाट गभर्नर बन्न लागेका हुन् ।

प्रधानमन्त्री र देउवाको भेटपछि आज अपरान्ह ४ बजेका लागि गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने साँझ ५ बजे मन्त्रिपरिषद् बैठक डाकिएको हो ।