७ श्रावण २०८३, बिहिबार

यो पटकको आन्दोलन टुंग्याएरै छोडिन्छ : राजेन्द्र लिङदेन

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था पुर्नस्थापना गराइछाड्ने बताएका छन् ।

आगामी जेठ १५ गतेबाट राजावादी पक्षधरले गर्न लागेको आन्दोलनको तयारी बैठकमा लिङदेनले अब आन्दोलन नरोकिने र राजसंस्था पुर्नस्थापनापछि मात्रै रोकिने बताएका हुन् ।

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौता गर्न आग्रह गरेका छन् । यदी सम्झौता हुँदैन भने प्रधानमन्त्री भाग्नु पर्ने र त्यसका लागि हेलिकप्टर उपलब्ध गराउने उनको भनाइ छ ।

‘प्रधानमन्त्रीले उमेरको हिसाबले पनि भाग्न सकिँदैन। भाग त भन्नुभएन नि हो। भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्ने छुट दिने,’ उनले भने ।

उनले जेठ १५ देखिको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारेका छन् ।