२५ जेष्ठ २०८३, सोमबार

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्‍यक्षीकरणको रिटको पेशी आज न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ।

हिजोसम्म छैठौँ पटक हेर्न नमिल्नेमा परेको रिट आज न्यायाधीश सुवेदी र ढकालको इजलासमा परेको हो ।

यसअघि सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। तर न्यायाधीश पाण्डेय र जोशीका वकिल अधिवक्ता पुष्पराज पाण्डेय आफन्त परेपछि हेर्न नमिल्नेमा राखिएको थियो।