८ असार २०८३, सोमबार

मोहन बस्नेतको उच्छृंखल भाषण- तीन बिसौलीका माओवादीका बो..हरूलाई म आफैँ ठिक पार्छु

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । नेपाली काँग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर २ को निगाले नारगाउँमा खानेपानी उद्घाटन गरेका छन् ।

मन्त्री छँदा भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दर्ता भएको दुई दिन नबित्दै बस्नेत तामझामसहित गृहजिल्ला पुगेका हुन् । उनले उद्घाटन कार्यक्रममा उच्छृंखल एवम् अश्लिल गाली गर्न समेत भ्याए ।

अन्य दलका नेताहरूलाई गाली गर्न समय खर्चिएका बस्नेतले विशेषगरी माओवादी केन्द्रका सांसद माधव सापकोटाप्रति विष ओकलेका हुन् । उनले माओवादी सांसदलाई अश्लिल गाली गर्नसमेत भ्याए ।

उनले भने, ‘माओवादीका छाउराहरूले धेरै फुर्ती नलगाए हुन्छ । तीन बिसौलीका माओवादीका बो..हरूलाई म आफैँ अघि बढेर ठिक पार्छु’, । यस्तै उनले आफूले जहाँ टेक्यो त्यो आफ्नो हुने रवाफ छाँट्न पनि पछाडि परेनन् ।

पृथ्वीनारायण शाहाको उदाहरण दिँदै भने, ‘मेरो दुवै पैतालामा रातो कोठी छ, म जहाँ-जहाँ टेक्छु, त्यो सबै मेरै हुन्छ र सिन्धुपाल्चोकमा पनि भएको छ ।’