२३ जेष्ठ २०८३, शनिबार

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती, ५ जेठ । हेटौंडा–काठमाडौंं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।

वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला)मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सडक बिहानैदेखि अवरुद्ध भएको हो ।

वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।