२४ जेष्ठ २०८३, आइतबार

बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने भ्रम छरिँदै छ : विष्णु रिमाल

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्र शाक्य आफ्नो काममा काबिल रहेको बताएका छन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहनुभएका रिमालले प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा शाक्य त्यतिकै इमानदार रहेको उल्लेख गरेका हुन् । तथापि उनलाई बदनाम गराउन सुनियोजित हिसाबले केही मानिसहरू लागेकाले सजक रहन उनले आग्रह गरे ।

‘सजग रहनुहोला, बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने न्यारेटिभ बनाइँदै छ, बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेख्नु भएको छ ।

देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा प्रष्ट थाहा भएको उनको भनाई छ । तर उनीहरूले समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका रिमालको टिप्पणी छ । ‘समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ’, रिमालले भनेका छन् ।

अहिले समाजमा सेवा दिने होइन, कथा बनाउनेहरू चर्चामा रहेका उनले टिप्पणी गरे । ‘यस्तो बेलामा तपाईँले इमानदार प्रयास गर्नुभयो भने पनि, त्यो फिडमा देखिँदैन, किनकि त्यो फ्रेमको हिस्सा होइन’, उनले भने ।

कामभन्दा कथा ठुलो भएको युगमा कथा लेख्नेहरू कामभन्दा अघि पुग्न सकेछन् तर्फ उनले सचेत गराए । ‘त्यसैले, सजग रहनुस्–काम गर्नुस्, तर ध्यान दिनुस्–कामभन्दा पनि कथा ठुलो भएको युगमा कथा लेख्नेहरू तपाईँको कामभन्दा अघि पुग्न सक्छन्, कर्ममा अडिग रहनुहोस्, तर कन्टेन्टको दुनियाँले तपाईँलाई कन्टेन्ट बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्’, उनले लेखेका छन् ।