६ असार २०८३, शनिबार

एमालेमा अब पनि अध्यक्ष र प्रधानमन्त्रीको उम्मेदवार केपी ओली नै हो : पार्वत गुरुङ

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ४ जेठ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य पार्वत गुरुङले कुनै पनि राजनीतिक दललाई अघि बढ्न विचार, सिद्धान्त र स्पष्ट दृष्टिकोण आवश्यक पर्ने बताएका छन् ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा शनिबार दोलखाको चरिकोटमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले विचार, सिद्धान्त र स्पष्ट दृष्टिकोण बिना सही गन्तव्यमा नपुगिने बताए । ‘हामीसँग विचार छ, हामीसँग दृष्टिकोण छ, हामीसँग यो मुलुकको सबैभन्दा सक्षम नेतृत्व छ’, उनले भने ।

गुरुङले केपी ओली अत्यन्त सक्षम नेता भएको ठोकुवा गरे । त्यसैले एमालेका नेता, कार्यकर्ता विचलित हुनुपर्ने स्थिति नरहेको उनले स्पष्ट पारे ।

उनले पार्टीमा विवाद भएको होकि, नेतृत्व के हुने हो ? भन्ने अलमलमा नपर्न पनि आग्रह गरे । ‘मिसन २०८४ मा हाम्रो पार्टी नेकपा (एमाले)बाट प्रधानमन्त्रीका उम्मेदवार पनि केपी शर्मा ओली हो, अब आउने पार्टी महाधिवेशनको उम्मेदवार पनि केपी शर्मा ओली नै हो । पार्टीमा को, कहाँ, के ? भन्ने भ्रममा नरही हामी मिसन २०८४ मा लाग्नुपर्छ’, उनले भने ।

गुरुङले यही विचार, दृष्टिकोण र नेतृत्वलाई लिएर पार्टी काममा अघि बढ्नु पर्नेमा जोड दिए । मिसन २०८४ लाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए ।