
विराटनगर, ४ जेठ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम भोलि जेठ ५ गते (सोमबार) प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।
कोशीका आन्तरिक मामला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।








प्रतिक्रिया