१७ असार २०८३, बुधबार

समान ढंगले बजेट विनियोजन गर्नुपर्नेमा कांग्रेसको जोड

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ ।

शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले आफ्ना धारणा राखेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

उनले भने, ‘मुख्य रुपमा बजेट लगायत विविध विषयमा छलफल गरिएको हो । सांसदहरुले बजेट लगायत विविध विषयहरुमा खुलेर छलफल गर्नुभयो । गर्भनरको विषयमा पनि कुरा उठ्यो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा चाँही सबैलाई समान ढंगले वितरण गर्नुपर्यो भन्ने कुराहरु पनि आए । बजेट कसरी वितरण हुन्छ भन्नेबारेमा सांसदहरुले प्रश्न गरेका थिए । साथै समान ढंगले र क्षेत्रगत रुपमा सन्तुलित विकास गर्ने गरी बजेट विनियोजन हुनुपर्ने कांग्रेस सांसदहरुले आफ्ना आफ्ना भनाईहरु राखे ।’ साथै, संसदीय दलको बैठकमा ठूलो दलको हिसाबले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरुले आवाज उठाएका छन् ।