२६ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेका जापानका उपविदेशमन्त्री इक्युना आकिकोले आज शिष्टाचार भेट गरेकी छन् ।

प्रधाननमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापनबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युनालाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले अनुकूल पूर्वाधार निर्माण, वातावरणी दिगोपना र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव आफूहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

उपविदेशमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै बहुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताइन् ।

भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, पराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।