१ श्रावण २०८३, शुक्रबार

मदन–आश्रित स्मृति दिवसमा १०२ जनाले गरे रक्तदान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, ३ जेठ । ३२ औँ  मदन–आश्रित स्मृति दिवसको अवसरमा झापामा आयोजित रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् ।

नेकपा (एमाले) झापाको आयोजना र बिर्तामोड नगर कमिटीको सहआयोजनामा रक्तदान कार्यक्रम जिल्ला पार्टी कार्यालयको परिसरमा आयोजना गरिएको थियो ।

एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईका अनुसार बिर्तामोडका ६३ जनासहित १०२ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा कार्यक्रम सफल भएको जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए ।

झापामा बढ्दो रगत अभावलाई मध्यनजर गर्दै मदन–आश्रित स्मृति दिवसमा रक्तदान आयोजना गरिएको अध्यक्ष गिरीको भनाई छ ।

मदन–आश्रितको तस्वीरमा नेताहरुले माल्यार्पण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।