२६ जेष्ठ २०८३, मंगलबार

सेती नदीमा हामफालेका युवकको उद्वार

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३ जेठ । पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाईनापुलबाट सेती नदीमा हामफालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

नाम वतन नखुलेको अन्दाजी २०/२१ वर्षको युवकले शुक्रबार राति सेतीमा हाम फालेका थिए । युवकले हामफालेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले राति ९ः३५ बजे करिब ४५ मिनेटको प्रयासमा रोपरेस्क्यू प्रयोग गरी उद्वार गर्न सफल भएको हो ।

अन्दाजी १०० मिटर तल सेती नदीको खोँचबाट अर्धचेत अवस्थामा निकालिएका उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।