२१ असार २०८३, आइतबार

जननेता भण्डारीको जबजको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो : प्रधानमन्त्री

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको बताएका छन् ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२ औँ स्मृति दिवसको अवसरमा आज सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको जबजको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको बताएका हुन् ।

‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौं । जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो ।’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौँ । उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ । मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु ।’

मदन–आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो ।