
काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राज्यविरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह आफूबाट नभएको बताएका छन् ।
शुक्रबार सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै सञ्चारकर्मीहरुसंग कुरा गर्दै मिश्रले कुनै पनि अपराध नगरेको भएपनि राज्य आफू विरुद्ध लागेको बताएका हुन् ।
उनले भने, ‘राज्यविरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह मबाट केही पनि भएको छैन । मैले आज त्यति मात्रै टिप्पणी गरेँ । म हाजिरी जमानीमा छुटेको हुँ । त्यसमा म धेरै खुसी हुने पक्षमा छैन । किनभने राज्य म विरुद्ध लागेको छ भनेर सम्मानित अधिवक्ताहरुले पनि भनिसक्नु भएको छ ।’
साथै उनले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले जति जनधनको क्षति भयो त्यसमा समेत दुःख व्यक्त गरेका छन् । उनले भने, ‘सबैभन्दा पहिले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जति जनधनको क्षति भयो त्यसमा दुःख व्यक्त गर्न चाहन्छु ।’









प्रतिक्रिया