
पोखरा, २ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दाको सुनुवाई आज हेर्दाहेर्दैमा रहेको छ ।
सूर्यदर्शन सहकारी ठगीको मुद्दामा उच्च अदालत कास्कीमा हिजोदेखि सुनुवाई चलिहरेको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले गत २५ पुसमा लामिछानेलाई ६५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो । जिल्ला न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
सो आदेश खारेजको माग गर्दै मुद्दाका दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दिएका थिए ।








प्रतिक्रिया