५ श्रावण २०८३, मंगलबार

रवीन्द्र मिश्रलाई अदालत लगियो, सर्वोच्च परिसरमा पुगेपछि खोलियो हतकडी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । गत चैत १५ गतेको तीनकुने हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ ।

बयानका लागि उनलाई अदालत लागिएको हो । आज अदालत परिसरमा पुग्ने बित्तिकै हातको हतकडी खोलिएको छ ।

मिश्रको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी पत्यक्षीकरण रिटमा यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

आज मिश्रको रिट न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ ।