
काठमाडौं, २ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक यही जेठ १३ गते काठमाडौंमा बोलाएका छन् । बैठकमा जिल्ला अध्यक्ष र जनवर्गीय संगठन प्रमुखहरुको समेत सहभागीता रहने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
यही जेठ १५ गतेदेखि संयुक्त जनआन्दोलन समितिको आयोजनामा काठमाडौंमा हुन लागेको अनिश्चितकालिन जनआन्दोलनलाई दृष्टिगत गरी रणनीति निर्माणको लागि बैठक बोलाइएको बताइएको छ ।
नवराज सुवेदीको संयोजकत्वमा बनेको समितिमा राप्रपा, राप्रपा नेपाल, नेपाली कांग्रेस (वीपी), शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र बचाउ महाअभियान लगायत ४४ संघ संस्थाहरुको सहभागीता रहेको बताइएको छ ।








प्रतिक्रिया