२२ असार २०८३, सोमबार

अध्यक्ष ओलीको जन्मघरमा युवा संघ तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । राष्ट्रिय युवा संघ नेपाल तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

युवा, विद्यार्थी दिवसको अवसर पारेर संगठनको ११ औँ जिल्ला अधिवेशन राष्ट्रिय युवा संघ नेपालका संस्थापक, नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै जन्मघरमा सम्पन्न भएको हो ।

अधिवेशनबाट अनिल नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । कमिटीको उपाध्यक्षमा मण्डेला चोम्बाङ र सचिवमा भरत कार्की निर्वाचित भएका छन् ।

यसैगरी, उपसचिवहरूमा यादव खापुङ र विजय सिङक निर्वाचित भएका छन् भने कोषाध्यक्षमा सुनिता गुरुङ चुनिएकी छन् ।

त्यस्तै, युवा विज्ञ परिषद् प्रमुखमा जीवनकाजी थापा निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष क्षितिज थेबेले गरेका थिए ।

कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।