१७ असार २०८३, बुधबार

दिनभरका TOP 15 NEWS

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-

१) मुद्दा दर्ता : टेरामक्स खरिदमा भ्रष्टाचार गरेको भन्दै काँग्रेसका सांसद मोहबहादुर बस्नेतसहित १६ जनाविरूद्व विशेष अदालतमा मुद्दा दर्ता ।

२) पद निलम्बनमा : भ्रष्टाचार मुद्दा दर्ता भएसँगै काँग्रेस सांसद मोहबहादुर बस्नेतको सांसद पद निलम्बनमा ।

३) क्षमतावान व्यक्ति नियुक्त गरिने : गभर्नरमा आफ्नो कोही ल्याउनु नभएको र क्षमतावान व्यक्ति नियुक्त हुने प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टोक्ति ।

४) देउवालाई किस्तीमा प्रधानमन्त्री पद : काँग्रेस सभापति शेरबहादुर देउवालाई छैटौंपटक प्रधानमन्त्री जुर्ने र किस्तीमा राखेर पद हस्तान्तरण गर्ने प्रधानमन्त्रीको भनाइ ।

५) प्रचण्डको दिन आउला त ? : तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएकाले अबका दिन माओवादी र जनताको दिन समग्रमा आफूहरूको हुने माओवादी अध्यक्ष प्रचण्डको भनाइ ।

६) पुटिनलाई ओलीको निम्तो : रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटपछि प्रधानमन्त्री केपी ओलीले पठाए रूसी राष्ट्रपति भ्दालिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो ।

७) बन्ने भयो केबलकार : ताप्लेजुङको पाथीभरामा निर्वाद केवालकार निर्माण गर्ने बाटो खुल्यो, सर्वोच्चले दिएन यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता ।

८) खोसियो जिम्मेवारी : थानकोटमा प्रहरी जवान कुट्ने इन्स्पेक्टर र कुटाई खाने जवानकै जिम्मेवारी खोसियो, छानबिन समिति गठन ।

९) मिसिल झिकाउन आदेश : लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइरालासमेत मुछिएको उमागौरी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेशविरूको रिटमा मिसिल झिकाउन उच्च अदालत विराटनगरको आदेश ।

१०) के आउला निर्णय ? : संवैधानिक नियुक्ति विवादको सुनुवाई सकियो, जेठ २८ मा निर्णय सुनाइने ।

११) कसले चलाउला भ्यूटावर ? : दमक भ्यु टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकको निर्णय ।

१२) समस्या छैन : सरकार सञ्चालनका विषयमा कांग्रेस र एमालेबिच समस्या नरहेको गृहमन्त्री रमेश लेखकको स्पष्टोक्ति ।

१३) नक्कली कागजात बनाउने गिरोह समातियो : काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङबाट नक्कली कागजात बनाउने गिरोह पक्राउ ।

१४) ट्रम्प टर्की जान सक्ने : रुस–युक्रेन वार्तामा प्रगति भएमा टर्की जान सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा ।

१५) हारबाट जोगियो : कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै म्याच विनिङ पारी खेलेपछि नेपाल आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनसँग हार्नबाट बच्यो, बहराइन ६ विकेटले विजयी ।