२९ असार २०८३, सोमबार

मदन–आश्रित स्मृति दिवसको अवसरमा ‘मार्गदर्शन भाग–२’को विमोचन हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ जेठ । मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारी र जिवराज आश्रितको ३२औं स्मृति दिवस मनाउने भएको छ । यस अवसरमा फाउन्डेसनले प्रकाशन गरेको मार्गदर्शन भाग दुईको विमोचनसहित भाग एकको परिचर्चा कार्यक्रम आयोजना गरिएको अध्यक्ष माधव बास्तोलाले जानकारी दिए ।

जेठ २ गते पोखराको साइमन पार्टी प्यालेसमा बिहान ११ बजे कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे । परिचर्चा कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यता तथा पार्टीका उपमहासचिव एवं सरकारका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको विशेष उपस्थितिमा कार्यक्रम आयोजना भएको बास्तोलाले जानकारी दिए ।