१६ असार २०८३, मंगलबार

उमागौरी सहकारी ठगी प्रकरण : मुद्दाको सक्कल मिसिल झिकाउन आदेश

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । उच्च अदालत विराटनगरले उमागौरी सहकारी ठगी प्रकरणमा मुद्दाको सक्कल मिसिल झिकाउन आदेश गरेको छ ।

आज जिल्ला अदालतको आदेशविरुद्धको रिटमाथि सुनुवाई गर्दै कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले सक्कल मिसिल झिकाउन आदेश दिएको हो ।

लेखा समिति सभापति एवम् नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासमेत यो मुद्दामा जोडिएकी छिन् । जिल्ला अदालतले सहकारीको २२ करोड ४८ लाख हिनामिना मुद्दामा कोइरालासहित ६ जनालाई धरौटीमा छाडेको थियो ।

जिल्लाको आदेशविरुद्ध सरकारी वकिल उच्च अदालत पुगेको थियो । उच्चमा दुई न्यायाधीशबिच राय बाझिएपछि अर्को बेन्च तोकिएको थियो ।