१६ असार २०८३, मंगलबार

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । ताप्लेजुङको पाथीभरामा निर्वाद केवलकार निर्माण कार्य अगाडि बढाउन बाटो खुलेको छ ।

सर्वोच्च अदालतले यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता नदिएसँगै केबलकार निर्माण गर्ने बाटो खुलेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले पाथीभराको विषयमा यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता नदिने आदेश गरेको हो ।

यसअघि सारङ्ग सुवेदीको आदेशले पाथीभरामा केबलकार निर्माणको काम तत्काल रोक्न अल्पकालीन आदेश दिएको थियो ।

पाथीभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।