११ असार २०८३, बिहिबार

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।

वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ ।

महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।