३ श्रावण २०८३, आइतबार

हुरीले घर भत्कँदा एक जनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १ जेठ । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर उनको मृत्यु भएको हो । यो घटना गए रातिको हो ।