२१ असार २०८३, आइतबार

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा थापा र बेपत्ता पारिएकाकोमा गड्तौला

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ बैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यक्षमा महेशकुमार थापा नियुक्त भएका छन् ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो । उनी ऋण असुली पुनरावेदन न्यायाधिकरणका पूर्वअध्यक्ष पनि हुन् ।

यस्तै बैठकले संक्रमणकालीन न्यायसम्बन्धी अर्को बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले पठाएका नाम मन्त्रिपरिषद्ले अनुमोदन गरको हो। योसँगै संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले पूर्णता पाएको छ।