
काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुईवटा घरमा लागेको आगो निभाइएको हो । काठमाडौं र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो ।
घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।









प्रतिक्रिया