
काठमाडौं, ३० बैशाख । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीविरूद्वको रिटको आज सुनुवाई हुँदैछ ।
नयाँ गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिका सदस्य रहेका गभर्नर समितिमा बस्न नमिल्ने जिकिर गर्दै दायर भएको रिटको न्यायाधीश विनोद शर्माको इजलासमा सुनुवाई भइरहेको हो ।
गत २५ गते अधिवक्ता नवीन धितालले अधिकारीविरूद्व रिट दायर गरेका थिए ।








प्रतिक्रिया