२५ जेष्ठ २०८३, सोमबार

एमाले केन्द्रीय विज्ञान तथा प्रविधि विभागको बैठक सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) केन्द्रीय विज्ञान तथा प्रविधि विभागको बैठक सम्पन्न भएको छ ।

पार्टी पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभाग प्रमुख टंक कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठकले युवा र प्रविधि विषयक राष्ट्रियस्तरको कार्यक्रम गर्ने र उक्त कार्यक्रममा नवप्रवर्तनका क्षेत्रमा काम गर्ने युवाका अनुभव युवाहरुबीच साझा गर्ने तयारी गरिएको विभाग सचिव सञ्जिव रोकाहाले जानकारी दिए ।

विभागले यस वर्ष पनि अघिल्लो वर्ष झैँ पुस्तक प्रकाशन गर्ने तयारी गरिएको उनको भनाइ छ ।