२५ असार २०८३, बिहिबार

मिटरब्याज पीडितसँग रविले भने- न्याय पाउनुअघि दुःख हुन्छ, तपाइँहरुको दुःख न्याय पाउनुअघिको हो

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, २९ बैशाख । सहकारी ठगी आरोपमा पुर्पक्षका लागि रूपन्देही जिल्ला कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जनताका लागि लड्दा दुःख पाएको बताएका छन् ।

आज आफूलाई भेट्न कारागारमा पुगेका मिटरब्याज पीडितहरूसँग कुराकानी गर्दै लामिछानेले न्याय पाउनुअघि दुःख हुने बताउँदै मिटरव्याज पीडितले पनि न्याय पाउने आश्वासन दिलाए ।

उनले भने, ‘धनी र गरिबबीचको लडाइँ लामो चल्छ । जित न्यायको हुन्छ, तर धैर्य गर्नु, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ रु सुन्नुपर्छ, सुन्छ । यो नभए अर्कोले सुन्छ । त्यतिन्जेल तपाइँहरुबीच फाटो आउन भएन । एक भएर लड्नुपर्छ । मलाई हेर्नुस् त मेरो स्वार्थ के छ ? जनताकै लागि लड्दा यो दुःख पाएको छु । न्याय पाउनुअघि दुःख हुने रहेछ । यसपछि न्याय हुन्छ । तपाइँहरुले पाएको दुःख न्याय पाउनुअघिको हो । नआत्तिनु ।’

लामिछानेलाई भेट्न मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलि कारागार गएका थिए । उनीहरूले लामिछाने गृहमन्त्री हुँदा भएका सम्झौता कार्यान्वयनमा सरकारले ध्यान नदिएको गुनासो गरेका थिए ।