३१ जेष्ठ २०८३, आइतबार

भारत-पाकिस्तानसँग कुरा गर्‍यौँ, नभन्दै लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो : प्रधानमन्त्री

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले भारत–पाकिस्तानबीचको युद्व रोकिनुपर्छ भनेर कामना गरेको बताएका छन् ।

आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले दुई छिमेकीबीच हात हालाहाल भएको लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना पनि गरेको बताएका हुन् ।

यस्तै उनले यसका लागि दुवै देशसँग कुराकानी गरेको पनि उनको भनाइ छ ।

उनले भने, ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्‍यौँ । उहाँहरुसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’