१८ असार २०८३, बिहिबार

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाउने युवक पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २९ बैशाख । धार्मिक सम्प्रदायमा असर पार्ने किसिमको भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

साम्प्रदायिक सदभावमा असर पुर्याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई पक्राउ गरेको हो ।

साम्प्रदायिक सदभावमा असर पार्ने किसिमको भाषा प्रयोग गरि खानले भिडियो बनाएर सामाजिक संजालमा आइतबार पोष्ट गरेका थिए ।
सो भिडियो सामाजिक संजालमा भाइरल भएपछि तत्काल पक्राउ गरी कारवाही गर्न अगुवाहरुले माग गरेका थिए ।

प्रहरीले सोमबार बिहान खानलाई पक्राउ गरि अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक नेत्रमणी गिरीले सामाजिक संजालमा सदभाव बिग्रिने भिडियो पोष्ट गरेका युवकलाई गौरबाट नियन्त्रणमा लिएको बताए ।

यस विषयमा आवश्क अनुसन्धान गरेर आवश्यक कानुनी कारवाही गरिने उनले जानकारी दिए । धार्मिक सदभाव बिगार्ने किसिमको कार्य नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।