६ असार २०८३, शनिबार

यो वर्ष घट्यो महंगी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ बैशाख । यो वर्ष महंगी घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो वर्ष चालु आव चैत महिनासम्म मुद्रास्फीति ३.३९ प्रतिशत छ । अघिल्लो आव सोही अवधिमा ४.६१ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी २.४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११।६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

चैतमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत महँगी २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।