३ श्रावण २०८३, आइतबार

मोबाइल व्यवसायीको चौथो साधारणसभा हेटौंडामा सुरु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २७ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको चौथो साधारणसभा मकवानपुरको हेटौंडामा सुरु भएको छ ।

शनिबार बिहान शान्ति पदयात्रा गर्दै साधारणसभाको सुरुवात गरिएको हो । हेटौंडाको हुप्रचौरबाट सुरु भएको पदयात्रा स्कुलरोड, बुद्ध चोक हुँदै पुनः स्कुलचोक भएर कार्यक्रम स्थल रोयल प्यालेस पुगेर समापन भएको थियो ।

साधारणसभाको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गर्ने कार्यक्रम छ । साधारणसभामा सात प्रदेश र ६० जिल्लाबाट गरी एक हजार मोबाइल व्यवसायी सहभागी छन् ।

मोबाइल व्यवसायीहरुले साधारणसभामा कानुनी, प्रशासनिक र व्यवहारिक समस्याबाट भोग्दै आएको असहज अवस्थालाई उठाउने बताएका छन् ।

मोबाइल फोनको दोस्रो बिक्री (सेकेण्ड ह्याण्ड) कारोबार, लक भएका र बिग्रिएका मोबाइल फोनहरु मर्मत तथा लक अनलकमा भोगेका समस्या, व्यवसाय प्रवर्दनका लागि सरकारले लिने नीतिको सुधार र राज्यबाट दिइने सेवा सुविधा तथा दक्षतासम्बन्धी तालिमका विषय साधारणसभाका मुद्दा रहेको मूल आयोजक समितिका संयोजक छतेन्द्र आचार्यले जानकारी दिए ।

२०७८ असार २७ गते स्थापना भएको महासंघमा २२ हजार भन्दा बढी व्यवसायीहरु आबद्ध छन् ।