२६ जेष्ठ २०८३, मंगलबार

कोटाप्रणाली मार्फत मल वितरण व्यवहारिक भएन : सांसद सापकोटा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कोटा प्रणालीमार्फत मल वितरणको प्रक्रिया व्यवहारिक नरहेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँचकेजी मात्र प्राप्त गर्ने अवस्था रहेको बताए ।

उनले भने,‘हरेक वर्ष जब मूख्य बाली धान रोप्ने बेला हुन्छ । किसानले पर्याप्त मल पाउँदैनन् । कोटा प्रणालीमार्फत मल वितरण हुन्छ । तर त्यो व्यवहारिक र सहज छैन् । किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजीमात्र प्राप्त गर्छ ।’

त्यस्तै उनले जनताले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको भन्दै पर्याप्त मात्रामा मलको उलपब्ध गराउनको लागि र दुधको पैसा भुक्तानी गराउन सरकारको ध्यानाकर्षण गराए ।