२५ जेष्ठ २०८३, सोमबार

कुष्ठरोग पूर्ण उन्मुलन नभएसम्म सन्तुष्ट हुन सकिँदैन : प्रधानमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियान अन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा विहीबार आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुुष्ठरोगी रहनु सुधारात्मक भएपनि रोग पूर्ण उन्मुुलन नभएसम्म आफूहरु सन्तुुष्ट नहुने बताए ।

उनले पहिला पहिला आशीर्वाद दिइँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइने स्मरण गर्दै आहार–बिहार र हेरचाहलाई सहीरुपमा गरेर स्वस्थ्य रहन सकिने र कुुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै सञ्चालन गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आफूूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुुइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गाैला फेल भएको सन्दर्भ उल्लेख गरे ।

उनले कुुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनिबच्ने उपायकालागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।
रोग लुुकाउनुु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुुष्ठारोग निवारणका लागि जागरण फैलाउन उनले स्वास्थ्य मन्त्रालयलाई आग्रह समेत गरे ।