१३ असार २०८३, शनिबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको हो । महासंघका अनुसार आज सुन तोलाको १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।