
बर्दिया, २४ बैशाख । बर्दियाको गुलरियामा रहेको बबई क्याम्पसको चमेनागृह (क्यान्टीन) बिना दर्ता सञ्चालन भइरहेको भन्दै अनेरास्ववियुले ध्यानाकर्षण भएको बताएको छ ।
अध्यक्ष कौशल सापकोटाले विज्ञप्ति जारी गर्दै क्याम्पस हाताभित्र व्यवसायिक प्रयोजनका लागि सञ्चालन गरिएको क्यान्टीन दर्ता नै नगरी संचालन हुन दिनु र फर्जी बील बनाई नियमित रुपमा क्यान्टीन संचालकको नाममा भुक्तानी हुनु क्याम्पसको दुषित मनसाय प्रष्ट रूपमा देखिएको बताएका हुन् ।
चमेना गृहको नाममा क्याम्पसमा फर्जी बील पेश गर्ने र लेखा प्रमुखले पनि चमेना गृहको दर्ता करचुक्ता जस्ता आवश्यक कागजात समेत चेक जाँच नगरी क्यान्टीन संचालकको व्यक्तीगत नाममा रकम भुक्तानी गर्दा लेखा प्रमुखको समेत मिलोमतो स्पष्ट देखिएको अनेरास्ववियुको आरोप छ ।
अनेरास्ववियुले अनियमिततामा संलग्न सबैलाई आवश्यक कारवाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको हो ।









प्रतिक्रिया