२५ असार २०८३, बिहिबार

कर्मचारीद्वारा माथिल्लो तह संरक्षित भएका छन् : अख्तियार प्रमुख राई

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईले अख्तियारमा उजुरी पर्दा माथिल्लो तहको मान्छेलाई जोगाउने गरेकोले भष्ट्रचारको जरो उखेल्न नसकेको बताएका छन् ।

बुधवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अख्तियारमा बलिको बोको कर्मचारी मात्रहुने अवस्था भएको भन्दै कर्मचारीले पनि को बाट निर्देशित भएको कुरा खुलाउन नचाहेको बताएका हुन् ।

उनले भने,‘ठुलाठुला पहुँच भएको मान्छे नै लगेका छौँ । सूचना प्रविधिको क्षेत्रमा हामीले हाम्रो पहुँच देखाएका छौँ । मान्छेलाई परिचालन गर्ने माथिल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न छ तर बलिको बोको त कर्मचारी मात्र हुने अवस्था छ तर माथिल्लो तहको मान्छे संग्लन छ कि छैन भनेर बयान दिने मान्छेले प्रमाण सहित भन्नुपर्छ । तर कोही को बाट परिचालन भएको भनेर नाम लिनै चाहान्न् म आफैँ सबै व्यहोर्छु भन्ने छन् । त्यसले गर्दा भष्ट्रचारको जरो उखेल्न नसकेको हो ।’

उनले अनुगमन गर्ने निकाय धेरै हुदाँ पनि काममा नकारात्मक प्रभाव परी ढिलासुस्ती भएको बताए । ‘अनुगमन गर्ने निकाय धेरै भएको जस्तो छ । सबैजना अनुगमन गर्ने तर काम चै खासै नभएको देखिन्छ । मेलम्ची अनुगमन गर्न कति जान्छन् ? कस्को अधिकार कति हो ? मेरो अधिकार कति हो भनेर कसैले बुझेन । त्यसले पनि काममा ढिलासुस्ती भएको छ,’उनले भने ।

उनले सिङगापुर अमेरिका लगायतको देशबाट भष्ट्रचारको पैसा ल्याउन नसकेको बताए । उनले सरकारले वाइलाइटर एग्रिमेन्ट नगरेकाले भष्ट्रचारको पैसा ल्याउन नसकेको भन्दै सिङगापुरले एग्रिमेन्ट गरी पैसा लैजान भनेको पनि जानकारी दिएका छन् ।

आज बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन आ.व. २०८०/८१ मथि छलफल गरिएको थियो ।