६ असार २०८३, शनिबार

बालमन्दिर जग्गा प्रकरण : रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ बैशाख । नक्शालस्थित बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा १७ जनाविरूद्व मुद्दा दर्ता भएको छ ।

आज जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा रिता सिंहसहित १७ जनाविरूद्व मुद्दा दायर गरेको हो ।

बाल मन्दिरकी तत्कालीन अध्यक्ष उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेविरुद्ध मुद्दा दायर गरिएको हो ।

यस्तै यो प्रकरणमा मुछिएका चिरञ्जीवी तिवारी, बाल मन्दिरका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र उपमहासचिव सुमन श्रेष्ठको भने मृत्यु भइसकेको छ ।