२ असार २०८३, मंगलबार

कोशीको बजेट अधिवेशन जेठ ४ गतेलाई आह्वान गर्ने निर्णय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ बैशाख । कोशी प्रदेश सरकारले आगामी जेठ ४ गते दिउँसो २ बजेबाट प्रदेश सभाको सातौँ (वर्खे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानकालागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिएका हुन् ।

बैठकले अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । जसमा स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीबारे प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय भएको छ ।

यसैगरी, सुनसरी जिल्लाको कोशी गाउँपालिकाको केन्द्र स्थान हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

त्यस्तै, ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्ने निर्णय बैठकले गरेको हो । प्रदेश सरकारले हालै सम्पन्नप्रदेश लगानी सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान पु¥याउने सबैलाई धन्यवाददिने प्रस्ताव पनि पारित गरेको छ ।

वैशाख १८ र १९ गते सम्पन्न सम्मेलनलाई भव्य बनाउने सम्पूर्ण पक्षप्रति प्रदेश सरकार कृतज्ञ रहेको जनाएको छ ।