
काठमाडौं, २३ बैशाख । नेकपा (एमाले) को जनसंगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशन जेठमा हुने भएको छ ।
आज युवा संघले पत्रकार सम्मेलन गर्दै जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुने जानकारी दिएको हो । महाधिवेशनको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
महाधिवेशनमा देशभरबाट दुईहजार प्रतिनिधि सहभागी हुने जानकारी दिइएको छ । महाधिवेशनले ९ पदाधिकारीसहित १५१ केन्द्रीय कमिटीको चयन गर्नेछ ।










प्रतिक्रिया