३१ जेष्ठ २०८३, आइतबार

रेशम पक्राउबारे नाउपाले माग्यो प्रधानमन्त्रीको जवाफ, सरकार छाड्ने चेतावनी

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ बैशाख । नागरिक उन्मुक्ति पार्टीले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद लालवीर चौधरीले भोलिसम्ममा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन् । उनले प्रधानमन्त्रीको जवाफ नआए सरकार छाड्ने चेतावनी पनि दिएका छन् ।

‘यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन। त्यसैले भोलिकै दिनमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं,’ उनले भने।