२२ असार २०८३, सोमबार

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले बढेर एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ८४ हजार १०० मा कारोबार भएको थियो ।

आज चाँदी भने तोलामा स्थिर रहेको छ । आइतबार १९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।